प्रधानमन्त्री राहत तथा दैवी प्रकोप उद्धार कोषमा १८ अर्बभन्दा बढी मौज्दात

काठमाडौँ, २५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। दुवै कोषका विभिन्न बैंक खातामा गरी कुल मौज्दात रकम १८ अर्ब नौ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म कोषको बैंक खातामा कुल १८ अर्ब नौ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ रुपैयाँ मौज्दात छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ।

बाढीबाट प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *