अभिनेता राजेश हमाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदान गरे महानायक सम्मान

काठमाडौं, ७ माघ । अभिनेता राजेश हमाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महानायकको सम्मान प्रदान गर्नुभएकाे छ ।

भक्तपुरमा शनिबार आयोजना भएकाे चौंथो एपिक म्युजिक अवार्ड कार्यक्रममा अध्यक्ष ओलीले हमाललाई उक्त सम्मान प्रदान गर्नुभएकाे हाे ।

कार्यक्रममा अध्यक्ष ओलीले अभिनेता हमालको प्रशंसा समेत गर्नुभयाे । सो अवसरमा गायिका तीर्थकुमारी थापा र गायक रत्न बेहोसी लगायतलाई पनि अध्यक्ष ओलीले सम्मान पत्र प्रदान गर्नुभएकाे छ ।

कार्यक्रममा अध्यक्ष ओलीका पत्नी राधिका शाक्य, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, अभिनेत्रीहरु बसुन्धरा भुषाल र गौरी मल्ल, हमाल पत्नी मधु भट्टराई लगायत सहभागी हुनुभएकाे थियाे ।