थियटरमा गजबको संयोग
By-SHYAM SMRIT
काठमाडौं । जिन्दगी एउटा नाटक हो । रंगमञ्चमा रंगकर्मीले जसरी नाटक रच्ने गर्छन्। र नाटक खेल्ने गर्छन्। कतै, जिन्दगी त्यस्तै नाटक पो हो कि ! यो भ्रमपूर्ण संसारमा यथार्थपरक कथावस्तुमा म्युजिक भिडियो निर्माण हुनु चानचुने कुरा होइन । त्यो यथार्थपरक कथावस्तुमा “छैन केही डर” बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
काठमाडौं नयाँ बानेश्वर थापागाउं स्थित मण्डला थियटरमा रंगमञ्चकै शैलीमा मज्जाले भिडियो सार्वजनिक भएको हो। जसमा फरक ढंगवाट प्रस्तुत भएका युगिन नायक धिरेन शाक्य समयभन्दा पहिला नै आएर कार्यक्रम शुरु हुनुअघि नै हराउनु र कार्यक्रम सकिनै लाग्दा देखिनु गजबको संयोग थियटरमा देखिदा नायक शाक्यकै हाइहाइ हुनु राम्रो पक्ष बन्यो।
त्यस्तै, युगिन नायिका अनिता केसीले रंगमञ्चको मोर्चा सम्हालेर गीतको भिडियो आफ्नो महानायक आएर पनि अलप हुनु र नआउनुको छटपटी अनि पिडा त्यो मोर्चाको कमाण्डर हुनुको झल्को देखिरहेको थियो। जुन युगिन नायिका अनिता केसीको कर्तव्यले गाँजेको यथार्थता थियो।
त्यो यथार्थतामा छैन केही डर बोलको गायक भिषम आचार्यको गायन, मुकुन्द पौडेलको गीत रचना तथा जोसेफ शाही ठकुरीको संगीतमा जमेको म्युजिक भिडियोमा युगिन नायक धिरेन शाक्यको डबल रोल रहेको छ। बाउ र छोराको भूमिकामा जमेका नायक शाक्यलाई बलियो बनाउने कार्य युगिन नायिका अनिता केसीले पत्नी र आमाको भूमिका गरेर आयामिक कार्य गरेकी छन्।
जुन द कमाण्डो, छहारी, सेतो बाघ लगायतका ब्लक बस्टर फिल्मकी नायिका अनिता केसीको उपलव्धीमूलक अभिनय हो। साथमा निशा खातुन, भद्रजंग कुँवर, रामलक्ष्मण, उमंग र उत्कर्ष हुमागाइंको अभिनय छ। निर्देशन गौरब गिरीले गरेका छन्।