बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं,१२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो।

राष्ट्रपति निर्वाचनलगायत विषयमा उहाँहरूबीच कुराकानी भएको बताइएको छ। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति निर्वाचन गरिनुपर्ने बताइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *