नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विशाल राई अस्ट्रेलिया उडे
काठमाडाैं, २० माघ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रभावशाली खेलाडी विशाल राई अस्ट्रेलियातर्फ लागेका छन् ।
झापा अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार अष्ट्रेलियातर्फ लागेका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ पूर्वसहकर्मी रजिन धिमाल, पुजन उपकोटी, विशाल श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ लगायतले बिदाइ गरे।
विशालले नेपालका लागि सिनियर अन्तर्राष्ट्रिय फुटबलमा २८ खेल खेल्दै ३ गोल गरेका छन् ।
मच्छिन्द्र क्लबले लगातार दुई सिजन घरेलु लिग जित्दा विशालको भूमिका महत्वपूर्ण थियो । यो सिजन पनि उनी मच्छिन्द्रबाट खेल्ने तय थियो । विशालले त्यसअघि मनाङ मर्स्याङ्दीबाट पनि घरेलु लिग उपाधि जितेका थिए ।