कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई दियो १३३ रनको लक्ष्य
काठमाडौँ, १० कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज जारी खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई जितका लागि १३३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको हो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ बलमा तीन छक्कासहित ३७ रन जोडे।
त्यस्तै, दीपक डुम्रेले पाँच बलमा दुई छक्काको मद्दतले १३ रन बनाए भने गुल्सन झाले १२ रनको योगदान दिए।
जनकपुरका बलर हरमित सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिँदै दुई विकेट हात पारे। मोइन अलीले पनि दुई विकेट लिए भने ललित राजवंशीले एक विकेट लिए।
१३३ रनको लक्ष्य पछ्याउन जनकपुर बोल्ट्स जवाफी ब्याटिङमा उत्रिएको छ।
