राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने

काठमाडाैं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन्।

पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन जारी राखी मन्‍त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

रास्वपाले आज नै राजीनामा बुझाउने सभापति रवि लामिछानेले बताए । रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए।