प्रधानमन्त्री र दलका प्रमुख सचेतकबीचको छलफल सुरु
काठमाडौं, २३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिका दलका सबै प्रमुख सचेतकहरूसँग छलफल छलफल सुरू गरेका छन्।
केहीबेर अघिदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छलफलमा विधेयकसम्बन्धी छलफल सुरू गरेका हुन्।
प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा छलफलको आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङ लगायत दलका सचेतकहरु सहभागी रहेका छन्।