खानामा मरेको साङ्लो भेटिएपछि बिरयानी हाउसलाई दुई लाख रुपियाँ जरिवाना

काठमाडौँ, कार्तिक २६ । ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेपछि वीरगञ्जस्थित एक बिरयानी हाउसलाई  दुई लाख रुपियाँ  जरिवाना गरिएको छ ।

वीरगञ्ज महानगरपालिका २ छपकैयास्थित सामा मुरादावादी एन्ड हैदरावादी बिरयानी हाउसलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको पाइएपछि जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार ग्राहकले खाइरहेको खानामा मरेको साङ्लो फेला परेको घटनापछि गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लङ्घन भएको पाइएपछि उक्त जरिवाना तोकिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *