उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

काठमाडौं, २६ माघ। सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

अध्यक्ष ओलीको बालकोटस्थित निवासमा बुधवार भएकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भेटवार्तापछि आज संयन्त्रको बैठक बस्न लागेको हो ।

बैठकमा मुख्यतः प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा छलफल हुनेछ ।

संयन्त्रको बैठकमा एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत सत्ता साझेदारका प्रतिनिधि नेताहरूको उपस्थिति रहनेछ ।