लक्ष्मी र रन्जितको ‘बरको डाली’ सार्वजनिक
काठमाडौंँ । गायक रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ सार्वजनिक भएकाे छ ।
मायाप्रेमका शब्दले भरिएका गीत रोमान्टिक शैलीमा छ । गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज गौतम आफैले गरेका हुन् ।
रोमान्टिक गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय देख्न सकिन्छ ।
पोखराको बिभिन्न आकर्षक स्थानमा छायांकन गरिएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ ।
शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायाँकन, पदम सुवेदीको सम्पादन छ ।