बाल गायिका सफलताको देशप्रति समर्पित गीत ‘माया देशलाई

काठमाडौं, २८ माघ । बाल गायिका सफलता श्रेष्ठको देशप्रति समर्पित राष्ट्रिय भावको गीत ‘माया देशलाई’ सार्वजनिक भएको छ ।

बाल गायिका सफलता श्रेष्ठको देशप्रति समर्पित राष्ट्रिय भावको गीत ‘माया देशलाई’ शुक्रबार गोल्डेन क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

डा. कृष्णहरि बरालको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको राष्ट्रिय भावको गीतमा बाल गायिका सफलता श्रेष्ठको स्वर र नृत्य रहेकाे छ ।

गीतको भिडियोमा स्मृति तिम्सिना ‘गुरुआमा’को निर्देशन रहेको छ भने सफलता श्रेष्ठ, शिक्षा खड्गी, डिभा बस्नेत, आयुशा श्रेष्ठ र क्रियोना बलामीको अभिनय छ ।

अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ७ मा अध्ययनरत सफलता गीत, संगीत र अभिनयमा उतिकै रूची राख्छिन् । उनी गीत संगीत मार्फत आफ्नाे भविश्य काेर्न चाहन्छिन् ।

वीरेन्द्र भाट विपिनको छायांकन र सम्पादन रहेको उक्त गीत उनको दोस्रो गीत हो । यसअघि उनको ‘म हुँ नेपाली’ गीत सार्वजनिक भएको थियो ।

सफलता विश्व कीर्तिमानी संगीतकार एवं उपन्यासकार सन्तोष श्रेष्ठका छाेरी हुन् ।