बजेटको अर्धवार्षिक समीक्षा : सरकारले घटायो २ खर्ब ४४ अर्ब बजेट

काठमाडौं, २९ माघ । प्रतिनिधिसभाको जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको समीक्षा पेश गरेका छन् ।

समीक्षासंगै सरकारले चालु आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । चालु आर्थिक वर्ष २०७९/८०को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन संसद बैठकमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले १५ खर्ब ४९ अर्ब ९९ करोड मात्रै खर्च हुने अनुमान सार्वजनिक गरेका हुन् ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए । यसअनुसार २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले बजेट कटौती भएको छ ।