निसीखोलामा थपिँदै आठ झोलुङ्गे पुल

बागलुङ, ४ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् ।
सङ्घीय सरकारको ८७ तथा निसीखोला गाउँपालिकाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको हाे ।
गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीका अनुसार आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।” वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ ।
स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताउनुभयो । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । “स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ”, उहाँले भन्नुभयो ।
अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । यस वर्ष रु तीन करोड ६४ लाखको लागतमा आठ पुल निर्माण भइरहेका छन्