चलचित्र ‘आरआरआर’ लाई ‘फिल्म अफ द इयर’ को उपाधि

एजेन्सी, ९ फागुन । चलचित्र ‘आरआरआर’ले ‘फिल्म अफ द इयर’ को उपाधि पाएका छन् ।

बलिउडको सम्मानित पुरस्कार समारोह दादा साहेब इन्टरनेशनल फेस्टिभलमा ‘आरआरआर’लाई ‘इन्टरनेशनल फिल्म अफ द इयर’को उपाधि दिइएको हाे।

एसएस राजामौलीको आरआरआरले उत्साहजनक कमाइ र तारिफ बटुलेको थियो । यस्तै विवेक अग्निहोत्रीको फिल्म ‘कश्मीर फाइल्स’लाई ‘बेस्ट फिल्म’ को उपाधि दिइएको छ।

मुम्बईमा साेमबार भएको पुरस्कार वितरण समारोहमा आलिया भट्ट ‘गङ्गुबाई काठियावाडी’ को लागि उत्कृष्ट अभिनेत्री घोषित भइन्।

यस्तै उनका श्रीमान् रणवीर कपूरलाई ‘ब्रह्मास्त्र’मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको पुरस्कार दिइयो।

यो वर्ष भारतीय बक्स अफिसमा तहल्का मच्चाउने फिल्म ‘कांतारा’का निर्देशक तथा अभिनेता ऋषभ शेट्टीले ‘उत्कृष्ट उदीयमान अभिनेता’को उपाधि जिते।

वरुण धवनले फिल्म ‘भेडिया’मा गरेको अभिनयका लागि ‘क्रिटिक्स बेस्ट एक्टर अवार्ड’ पाए । अनुपम खेरले कश्मीर फाइल्सका लागि सर्वाधिक भर्सटायल कलाकारको उपाधि पाए।

अभिनेत्री रेखालाई चलचित्र उद्योगमा पुर्‍याएको योगदानको कदरस्वरूप र गायक हरिहरनलाई सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान गरियो।