एमालेले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लियो, सरकारबाट पनि बाहिरिने

काठमाडौँ, १५ फागुन । नेकपा (एमाले) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिनेसँगै समर्थन पनि फिर्ता लिने पनि निर्णय गरेको हो ।

पुस १० मा एमालेलाई राष्ट्रपति दिने गरी भएको सहमति प्रधानमन्त्री प्रचण्डले पालना नगरकाे भन्दै बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरको हो । एमाले उच्च स्रोतले आजै समर्थन फिर्ता लिने मैत्रीन्युजलाई जानकारी दिएको थियो ।

बैठकले परराष्ट्रमन्त्री विमला राई पौड्यालको भ्रमण रोक्ने प्रधानमन्त्रीको कदमले नकारात्मक सन्देश जानुका साथै राष्ट्रको इज्जतमाथि प्रभाव परेको समेत निष्कर्ष निकालेको छ । मन्त्रिपरिषदले निर्णय गरिसकेर भ्रमणमा जाने तयारीमा रहेका मन्त्रीलाई रोक्नु प्रचण्डको कदम आपत्तिजनक रहेको एमालेको बुझाई छ ।