मुग्लिन-पोखरा सडक योजनाकाे बिमलनगर-घाँसीकुवा सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द

काठमाडाैं, १८ फागुन । मुग्लिन-पोखरा सडक योजना (पूर्वीखण्ड)काे बिमलनगर-घाँसीकुवा सडकखण्ड आज रातिदेखि दैनिक ४ घन्टा बन्द हुने भएकाे छ ।

तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न आज राति १२ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ४ घन्टा सडक बन्द गरेर काम गर्ने भएको हाे ।

फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने भएकोले सडक बन्द गरिएका बेला यो सडकखण्डमा सवारी साधन सञ्चालन नगर्न पनि योजना कार्यालयले आग्रह गरेको छ।
सूचना हेर्नुहाेस…