चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी

काठमाडौं, १८ फागुन । चलचित्र पत्रकार संघको अध्यक्षमा समीर बलामी निर्वाचित भएका छन् ।

बिहीबार सम्पन्न भएकाे चलचित्र पत्रकार संघको नवौं महाधिवेशनले बलामीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

संघको नवौं महाधिवेशनले उपाध्यक्ष कार्यक्रमतर्फ कुबेर गिरी, उपाध्यक्ष संगठनतर्फ विजय सुवेदी र उपाध्यक्ष महिलातर्फ सुरक्षा भट्टराई निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा रघुनाथ सापकोटा, सचिवमा नवीन गिरी, सचिव समावेशीतर्फ उद्धव रसाइली, कोषाध्यक्षमा मनिष कार्की र सहकोषाध्यक्ष मनिष अञ्जान निर्वाचित भए ।

सदस्यहरुमा सुरेन्द्र थापा, सीपी जैसी, अर्जुन गुरागाईं, अनुप भट्टराई, निशा बजगाईंलगाएत निर्वाचित भएका छन् ।