पुस ५ देखि ४ घन्टा बन्द भएकाे नारायणगढ–मुग्लिन सडक आजदेखि खुल्ने

काठमाडाैं, २१ फागुन । चितवनको नारायणगढ–मुग्लिन सडक आजदेखि निरन्तर खुल्ने भएकाे छ।

पुस ५ गतेदेखि उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्न दिउँसो दिनहुँ ४ घन्टा बन्द गरिएकाे सडक आजदेखि निरन्तर खुल्ने भएकाे हाे ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले भित्तो काट्ने काम अब अन्तिम चरणमा पुगेको र सडक बन्द नगरिने बताए।

यो सडकखण्डमा पाँचवटा पुल निर्माणाधीन छन्। पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो।

आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ।

अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको छ।

उक्त सडकका निर्माणाधीन पाँचवटा पुल विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *