सपनतीर्थ क्षेत्र विकास समितिद्वारा गुठी संरक्षणका लागि अक्षयकोष स्थापना, तीन खलःलाई आर्थिक सहयोग हस्तान्तरण
तोखा (काठमाडौँ), २५ असोज । ऐतिहासिक सपनतीर्थ मन्दिरसंग सम्बन्धित गुठी परम्परा लोप हुन नदिन र गुठीलाई सदैव जीवन्त राख्न सपनतीर्थ क्षेत्र विकास समितिले अक्षयकोष स्थापना गरेको छ। कोषमार्फत गुठी सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले आइतबार आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो।
नेपाल सम्बत् ११४६ कौलाथ्व पारुका दिन आयोजित कार्यक्रममा क्षेत्र विकास समितिका अध्यक्ष देवराज डङ्गोलको अध्यक्षता उक्त रकम हस्तान्तरण कार्यक्रम सम्पन भएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि तोखा नगरपालिका वडा नं. २ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले सपनतीर्थ क्षेत्र विकास समितिले समाजमा प्रत्यक्ष प्रभाव पर्ने काम गर्दै आएकाे बताउँदै यस्ताे सकरात्मक कार्यले स्थानीय बाजं खल: र दापा खलः हरू समाजमा टिकाउन मद्दत पुग्ने बताउनुभयाे । उहाँले मुक्त कण्ठले प्रशंसा गर्दै सकृयरूपमा लागिरहेकाे सपनतीर्थ क्षेत्र विकास समितिसंग सहकार्य गर्दै संस्कृती संरक्षणका निम्ती सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयाे ।
समितिले “सपनतीर्थ मन्दिर” अक्षयकोषमा सम्बद्ध गुठी खलःहरूलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो। सहयोगअन्तर्गत सपनतीर्थ धिमे खलःलाई रु १ लाख ५० हजार, नायखीं बाजालाई रु २ लाख ५० हजार र जोर भिमसेन दापा खलःलाई रु ५ लाख प्रदान गरिएको छ।
कार्यक्रममा वडा नं. २ का सदस्यहरू अमर डङ्गोल र आर्यन डङ्गोल, तोखा मूल नाइके हेमराज श्रेष्ठ, तोखा सांस्कृतिक सङ्घ क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ तथा नेवाः गुथि तोखाका अध्यक्ष रमेश नापित अतिथिका रूपमा उपस्थित थिए।
साथै धिमे गुरु कृष्ण डङ्गोल र आसामरु डङ्गोल, नायखीं गुरु मिमलाल खड्गी तथा जोर भिमसेन दापा खलःका गुरु कान्छा डङ्गोल, शङ्खनारायण डङ्गोल, कृष्णलाल लवत र माइला डङ्गोलले आसन ग्रहण गरेका थिए।
समितिका उपाध्यक्ष पञ्चलाल डङ्गोल, सचिव हेरकाजी डङ्गोल, कोषाध्यक्ष सोखराज डङ्गोल, सदस्यहरू सिद्धिलाल महर्जन, रमेश डङ्गोल, रोसन डङ्गोल, सुचिन्द्र डङ्गोल, आइतराज डङ्गोल, बिरकुमारी डङ्गोल, पदेन सदस्य आर्यन डङ्गोल, कानुनी सल्लाहकार सत्यनारायण डङ्गोल तथा सल्लाहकारहरू रामकृष्ण डङ्गोल, नाति डङ्गोल र तेजलाल डङ्गोलको पनि उपस्थिति रहेको थियो।
सभापति तथा समितिका अध्यक्ष देवराज डङ्गोलले राज्यले गर्नुपर्ने काम आफुहरूले गरेकाे बताउँदै स्थानीय दापा खलः,नायखीं र बाँसुरी खलहरू जिवित राख्न समितिले निर्णय नै गरेर रकम हस्तान्तरण गरिएकाे बताउनुभयाे ।
गुठी परम्परा संरक्षण गर्ने यस्तो पहल सांस्कृतिक सम्पदाको निरन्तरताका लागि महत्त्वपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन्।
