राजनीतिक स्वार्थका लागि माओवादीबाट १७ हजारको हत्याः ओली

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ०५२ सालपछि राजनीतिक स्वार्थका लागि माओवादीले १७ हजार मान्छेको हत्या गरेको आरोप लगाउनु भएको छ ।
एमाले मुख्यालयमा आज ‘सुखानी सहिद स्मृति दिवस’ को अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो आरोप लगाउनु भएको हो । उहाँले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरेको ठोकुवा गर्दै राजतन्त्र ६५ सालमा संविधान सभाले हटाएको स्मरण गराउनु भयो । उहाँले ०६३ साल कात्तिकमा वृहत शान्ति सम्झौता सम्झौता गरेको स्मरण पनि गराउनुभयो ।