‘द भ्वाइस किड्स नेपाल सिजन- २’को प्रसारण आजबाट प्रशारण
काठमाडौं, २६ फागुन । गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन- २’ को प्रसारण शुक्रबारबाट सुरु हुने भएको छ।
हिमालयन टेलिभिजनबाट प्रशारण हुने उक्त भ्वाइस किड्सको बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच प्रिमियर शो गर्दै आज शुक्रबारबाट प्रसारण बारेमा जानकारी गराइएको हो।
६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रशारणको पूर्वसन्ध्यामा बिहीबार बेलुका पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको थियो।
प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रश्तोता सुशील नेपाल उपस्थित छन्। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गरेका थिए।
सुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ । द भ्वाइस किड्स सिजन २ हरेक शुक्रवार र शनिबार राति ८ बजे हिमालयन टेलिभिजनबाट प्रशारण हुनेछ।