बैतडीकाे हरिपुरबजारमा आगलागीहुँदा बाह्र लाखको क्षति

बैतडी, २७ फागुन । बैतडीमा आगलागी हुँदा रु १२ लाखभन्दा बढीको क्षति भएको छ ।
मेलौली नगरपालिका–७ हरिपुरबजारस्थित कृष्णसिंह भण्डारीको ‘न्यू ऊर्जा ट्रेडर्स’मा गए राति आगलागी हुँदा क्षति भएको हो ।
विद्युत् सट भई आगलागी हुँदा पसलको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।
आगलागी लगत्तै स्थानीयवासी र प्रहरीले आगो निभाएका थिए । आगलागीबाट हिटर, सोलार, तारलगायत विद्युतीय सामान जलेर नष्ट भएपछि पसल सञ्चालक भण्डारीले राहतका लागि इलाका प्रहरी कार्यालय मेलौलीमा निवेदन दिनुभएको छ ।