स्ववियु निर्वाचन आज

काठमाडाैं, ५ चैत्र । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुँदैछ ।
निर्वाचनकाे मतदान समय बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ । निर्वाचनलाई लक्षित गरी विभिन्न क्याम्पस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अहिले कतिपय क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेका छन् भने बाँकी भएकामा आज हुन लागेकाे हाे ।
त्रिविका ६२ आंगिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनेछ । हरेक २/२ वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालपछि हुन सकेको छैन ।
२०७३ चैतमा स्ववियुको निर्वाचन गरिए पनि आंशिकरूपमा केही क्याम्पस सहभागि भएका थिए ।
अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।