चलचित्र कलाकार सङ्घकाे अध्यक्षमा मोहन निरौला

काठमाडाैं, ५ चैत्र । कलाकारहरूको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष मोहन निरौला निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न भएकाे १९औं साधारणसभाकाे निर्वाचनबाट निरौला निर्वाचित भएका हुन् । निरौलाले २ सय ३५ मत प्राप्त गरेकाे छ भने उनका प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २ सय ९ मत प्राप्त गरेकी छिन् । निर्वाचनमा कुल मत ४ सय ६८ खसेकाे थियाे ।
निरौला नेपाल चलचित्र कलाकार सङ्घकाे संस्थापक सदस्य हुन् । उनले कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष पद सम्हालेका छन् ।
उपाध्यक्षमा कविता गेलाल, शिवहरि नेपाल ‘वैरागी’ र महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी, कोषाध्यक्षमा सुनिल कटुवाल, सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएका छन् ।
सदस्यमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धवप्रसाद भट्टराई , पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुश्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामा निर्वाचित भएका छन् ।
नेपाल चलचित्र कलाकार सङ्घमा झन्डै सात सय सदस्य रहेका छन् । तस्बिर सुरेन्द्र थापा: