एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल
काठमाडौं, ५ चैत । एकीकृत समाजवादीको महासचिवमा नेता घनश्याम भूसाल मनोनीत भएका छन् ।
एकीकृत समाजवादीको आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव मनोनीत गरेको हो ।
हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनीत गरिएको छ । यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।