कोशी प्रदेशका मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास

काठमाडौं, ६ चैत्र । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि ओखलढुङ्गामा आक्रमणको प्रयास भएको छ। सोमबार दिउँसो ओखलढुंगाकाे गोरुमारे भञ्ज्याङमा मुख्यमन्त्री कार्की सवार सवारी तोडफोड प्रयास भएको हो ।

कडा सुरक्षासहित जाँदै गरेका बेला कालोझन्डासहित उपस्थित आन्दोलनकारीले मुख्यमन्त्रीको गाडीमा राखिएको राष्ट्रिय झन्डा निकालेर फालेका थिए भने गाडीमाथि पनि ढुंगा प्रहार गरेका थिए ।

प्रदेशको नाम कोशी प्रदेश राखेपछि आन्दोलनरत पहिचान पक्षधरहरुले प्रदेश नामकरणविरुद्ध लिम्बूवान, खम्बुवान, किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङसहितका संगठनहरू संयुक्त संघर्षमा छन् ।

मुख्यमन्त्री कार्कीले आइतबार प्रदेशको नामको विषयमा कुनै छलफल नहुने बताएका थिए ।