नेकपा एमालेका अध्यक्ष ओली आज झापा जानुहुँदै
काठमाडाैं, ९ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जानुहुने भएका छन्।
अध्यक्ष ओली आज दिउँसो १ बजे भद्रपुर हुँदै दमक पुग्नुहुने एमाले कोशी प्रदेश कमिटी सदस्य होमबहादुर थापाले जानकारी दिनुभएकाे छ । अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्नुहुने पनि उहाँले जानकारी दिनुभएकाे छ ।
अध्यक्ष ओलीले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्नुहुने जनाइएकाे छ ।
यसैगरी भोलि नै नेकपा एमाले झापाले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओली सहभागी भएर काठमाडौं फर्कने कार्यक्रम रहेको थापाले जानकारी दिए।