भूमिहीन सुकुम्बासीद्वारा मेयर बालेनविरुद्ध राजधानीमा प्रदर्शन

काठमाडौं, १३ चैत्र । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध राजधानीमा साेमबार विरोध प्रदर्शन गरिएको छ।

भूमिहीन सुकुम्बासीले मेयर साहविरुद्ध काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रदर्शन गरिएको हो।

भूमिहीन सुकुम्बासीहरुलाई संविधान र कानुनविपरीत उठिबास लगाउने महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रदर्शनलाई निरन्तरता दिनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले जनाएकाे छ ।
भूमिहीन सुकुम्बासीहरुले विरोध प्रर्दशनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने मागसहितको नाराबाजी गरिएको थियो।

माेर्चाले कानुनविपरीत भूमिहीनहरुलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास भइरहेकाेले कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिए।

प्रदर्शनकारीहरू नाराबाजीसहित माइतीघर क्षेत्रबाट बानेश्वर परिक्रमा गरी फेरी माइतीघरमा आउँदा त्यस क्षेत्रको सवारी आवागमन अस्तव्यस्त बनेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *