गणतन्त्र मुलुक

प्रधानमन्त्री प्रचण्ड विरुद्ध नाराबाजी गर्ने ३ जना कारागार चलान

काठमाडौं, १३ चैत । ७ चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नाराबाजी गर्ने ३ जनालाई कारागार चलान गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका हुन् ।

उनीहरुले काठमाडौंको बानेश्वरमा प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए ।

नाराबाजीपछि उनीहरुलाई पक्राउ गरेर गाडीमा राख्ने क्रममा फेरी नाराबाजी गरेपछि प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनुका साथै गणतन्त्र मुलुकमा जनताकाे मुख थुन्ने भनेर आलोचना समेत भएको थियो ।