बढ्यो सुनको मूल्य, तोलाकाे एक लाख ९ हजार २ सय पुग्याे
काठमाडौं, १७ चैत । सुन र चाँदीको मूल्य शुक्रबार एक हजारले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हाे।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार २ सय र तेजावी सुनको मूल्य एक लाख ८ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे छ भने चाँदीको मूल्य १४ सय रुपैयाँ प्रतितोलामा काराेबार भएकाे छ ।
बिहीबार सुनको मूल्य एक लाख ८ हजार २ सय, तेजावी सुन एक लाख ७ हजार ७ सय र चाँदी १३ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।