बसकाे ठक्करबाट चितवनमा साइकल यात्रीको मृत्यु

चितवन, २१ चैत्र । चितवनमा बसकाे ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । दुर्घटना आज बिहान १० बजे भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुली रहेका छन् ।

पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएको हो ।

ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।