छथरको मिशन ग्रासरुट अभियान सकियो, यस्ता छन् अभियानका दश महत्वपूर्ण सन्देश
काठमाडौं, २७ चैत । नेकपा (एमाले) ले सुरु गरेको दुई महिने मिशन ग्रासरुट अभियान अहिले ७७ वटै जिल्ला, ७ वटै प्रदेश र ७५३ वटै पालिकामा जारी छ । अधिकांश प्रदेश, जिल्ला र पालिकामा उक्त अभियान निकै प्रभावकारी बनेको छ । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुममा अवस्थित छथर गाउँपालिकाको ग्रासरुट अभियानमा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार खटिनुभएको छ ।
६ वटा वडामा रहेको यो पालिकामा साविक आङ्दिम गाविसको क्षेत्रलाई वडा नं. १ कायम गरिएको छ भने हमरजुङ गाविसको क्षेत्रलाई वडा नं. २ कायम गरिएको छ । यसैगरी पञ्चकन्या गाविसको क्षेत्रलाई वडा नं. ३ कायम गरिएको छ ।
फाक्चामारा गाविसको क्षेत्रलाई वडा नं. ४ कायम गरिएको छ । यसैगरी साविक ओख्रे गाविसको क्षेत्रलाई वडा नं. ५ कायम गरिएको छ । साविक सुदाप गाविसलाई वडा नं. ६ कायम गरिएको छ । यो पालिकाका सबै वडामा मिशन ग्रासरुट अभियान प्रभावकारी ढंगले सञ्चालन गर्दै आजबाट समापन गरिएको सुनुवारले जानकारी दिनुभयो ।
‘पार्टी उपाध्यक्ष कमरेड अष्टलक्ष्मी शाक्यको प्रमुख आतिथ्यतामा भब्य समारोहकाबिच यस गाउँ पालिकाको मिसन ग्रासरुट अभियान समापन भएको छ,’ सुनुवारले भन्नुभयो, ‘यो पालिकामा हामीले विभिन्न रचनात्मक सिर्जनात्मक कामसँगै कार्यकर्ता, शुभेच्छुकलाई सहभागी गराउँदै र यहाँको अवस्थालाई मिहिन ढंगले टिपोट गर्दै सम्पन्न गरेका छौँ ।’
उहाँले १ हजार बढीको सहभागितामा मिसन ग्रासरुट अभियानमा पहिलो श्रम शिविर सम्पन्न गरेको जानकारी दिनुभयो । ‘अन्तर वडा तथा जनसगठन बिच हाजिरी जवाफ प्रतियोगिता सञ्चालन, जेष्ठ सदस्य, सेल्टर दाता, उत्कृष्ट व्यवसायीलगायत ५७३ जनालाई सम्मान गर्ने कार्यक्रम पनि हामलिे अभियानका सिलसिलामा गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘ पालिका, वार्ड टोल कमिटीको बैठक, गठनपुनर्गठन गर्दै ८५ वटा टोल कमिटी गठन तथा परिचालन गरेका छौँ । माथिल्लो कमिटीलाई सुझाब दिनका लागि गोप्य सुझाब पेटिकाको व्यवस्था गरि सुझाव संकलन गर्ने काम पनि हामीले गरेका छौँ । विभिन्न पेशा व्यवसाय , बौद्धिकबर्ग , जेष्ठ नागरिकसँग अन्तरक्रिया र सम्वाद पनि गरेका छौँ ।’
अभियानकै क्रममा विकास र समृद्धिको लागि छथरका ६ मिसनको घोषणा गरेको पनि उहाँले जानकारी दिनुभयो । ‘तीन तहका सरकारबाट संचालित बिकास योजनाको स्थलगत अनुगमन तथा सुशासनयुक्त छथर को प्रतिबद्धता भन्ने नारा यो अभियानका क्रममा जारी गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘नयाँ पुस्तालाई पार्टीमा आवद्ध गराउन युबा बिद्यार्थीसँग अन्तरक्रिया तथा परिक्षार्थीलाई शुभकामना स्वरुप कलम र फुल उपहार प्रदान गर्ने जस्ता काम पनि हामीले गर्र्यौ ।’
