ओली संस्थापक अध्यक्ष रहेको युवा संघको नेृत्वमा क्षितिज, महासचिवमा सुमन (पदाधिकारी सूचिसहित)

काठमाडौं, ३० चैत । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनबाट क्षितिज थेबे सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली संस्थापक रहेको युवा संघको बाँकेको नेपालगञ्जमा भएको महाधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट भएको हो । युवा संघका पूर्व अध्यक्ष महेश बस्नेतले नवनिर्वाचित पदाधिकारीको नाम घोषणा गर्नुभएको हो । महाधिवेशनमा दुई प्यानल बनाएर चुनाव लड्ने तयारी भैरहेका बेला सहमतिमै नयाँ नेतृत्व छनोट गरिएको हो ।
अध्यक्षमा थवे र सन्तोष रावलले उम्मेदावरी दिनुभएको थियो भने महासचिवमा सुमन पुरी र अञ्जना अधिकारीले उम्मेदवारी दिनुभएको थियो । महाधिवेशनबाट अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी, प्रकाश गौतम गरी सात उपाध्यक्ष चयन भएका छन् । महासचिवमा भने सुमन पुरी चयन हुनुभएको छ । उपमहासचिवमा महेन्द्र गुरुङ र राजन थापा चयन हुनुभएको छ । सचिवहरुमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, बिष्णा चन्द, पर्वत भण्डारी, कुबेर अधिकारी हुनुहुन्छ । कोषाध्यक्ष (आर्थिक विभाग प्रमुख)मा राकेश राई हुनुहुन्छ । अन्य लेखा, निर्वाचन र अनुशासन आयोग पनि सर्वसम्मत भएको छ ।

लेखा आयोग
सन्तोष चौलागाई, प्रमुख
नानीराम तिवारी, उपप्रमुख
प्रविन, सचिव

अनुशासन आयोग
राकेश लामा, प्रमुख
दिपेश खड्का, उपप्रमुख
राजन नेपाली, सचिव

निर्वाचन आयोग
बलराम बेलबासे, प्रमुख
बाबु छतकुली, उपप्रमुख
गोकर्ण नेपाली, सचिव