रुपन्देहीको सियारीका २५० घरधुरीलाई जग्गाधनी पुर्जा वितरण

रुपन्देही, ३० चैत्र । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका दुई सय ५० घरधुरीलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा सियारी गाउँपालिकाले वडा नं २, ४ र ५ का २ सय ५० घरधुरीलाई पुर्जा वितरण गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

उहाँले लामो समयको पहल र मेहनतपछि सियारीवासीले पुर्जा प्राप्त गरेको बताउनुभयो । विस २०२५ सालमा नापीमा छुटेका तर शुरु नापी हुदाँदेखि नै जोतभोग गरे पनि पुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा एक हजार आठ सय गाउँँ ब्लकको नापी भएकामध्ये एक हजार एक सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिनुभयो ।

उहाँले सियारीमा एक सय १५ गाउँ ब्लकमध्ये अब ३५ बटा ब्लकको मात्र वितरण गर्न बाँकी रहेको बताउनु भयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले पुर्जा वितरण गर्न बाँकी रहेकाको पनि छिट्टै नै वितरण गर्नेगरी काम अगाडि बढाइएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *