काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर नउठाएको विरूद्धकाे रिटमा आज सुनुवाइ हुने

काठमाडौं, ५ वैशाख । काठमाडाैं महानगरपालिकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्रकाे फोहोर नउठाएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको आज सुनुवाइ हुँदैछ।

सिंहदरवार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर साहविरुद्ध फोहोर उठाउने आदेश माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता पदम श्रेष्ठले दिएको रिटमा सुनुवाइ हुन लागेको हो। रिटकाे सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा परेकाे छ ।

अधिवक्ता श्रेष्ठले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमवार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

काठमाडाैं महानगरपालिकाले उक्त स्थानहरूमा फोहोर नउठाएको दश दिन भैसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *