नेपाललाई मलेसियाले दियो जितका लागि २ सय ३६ रनको लक्ष्य

काठमाडाैं, ५ वैशाख । एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाललाई मलेसियाले जितका लागि २ सय ३६ रनको लक्ष्य दिएकाे छ ।

त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३५ रन बनायो ।

मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन-तीन विकेट लिए। त्यस्तै ललित राजवंशीले दुई र गुल्सन झाले एक विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *