प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडाैं, ८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठकलगायत विषयमा छलफल भएको थियाे ।
छलफलमा अध्यक्ष ओलीले प्रधानन्यायाधीश सिफारिस गर्दा यसअघिका प्रधानन्यायाधीश कुन मितिबाट अवकाश भएको हो र के कारण भएको भनेर संवैधानिकरूपमा नखुलाइनुपर्ने बताउनुभएका छन् ।
संवैधानिक परिषद्मा सहमति जुट्न नसक्दा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सकेको छैन ।
बैठकमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्नेसम्बन्धमा छलफल भए पनि निर्णय भने हुनसकेकाे छैन् ।
बिगत डेढ वर्षदेखि प्रधानन्यायाधीश पद नेतृत्वविहीन छ ।