एसीसी प्रिमियर कपमा आज नेपाल साउदीसँग खेल्दै
काठमाडौं, ११ वैशाख । एसीसी प्रिमियर कपकाे आज सोमबार हुने खेलमा नेपाल र साउदी अरबकाे खेल हुनेछ ।
समूह ‘ए’ मा नेपालले लगातार दुई खेल जितेको थियाे । आजकाे खेलमा नेपाल अफ्नाे स्थान सुरक्षित गर्दै सेमिफाइनलमा पुग्न चाहन्छ ।
नेपालले मूलपानी क्रिकेट मैदानमा साउदीसँग पहिलो पटक खेल्न लागेको हो । खेल नेपाल र साउदीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो खेलमा मलेसियालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो । साउदीलाई पराजित गरेमा नेपाल कतारसँग खेल्नुअघि नै सेमिफाइनल पुग्नेछ ।