धनुषामा ७ लाख ५१ हजार पाँचशय नक्कली नोटसहित एकजना पक्राउ
धनुषा, १२ वैशाख । धनुषाकाे जनकपुर उपमहानगरपालिकाबाट ७ लाख ५१ हजार पाँचशय रूपैयाँ नक्कली नाेट एकजना पक्राउ परेका छन् ।
जनकपुर उपमहानगरपालिका-२३ स्थित बसपार्कबाट १ हजार दरको ४ सय ९२ थान र ५ सय दरको ५ सय ५९ थान गरी जम्मा ७ लाख ५१ हजार पाँचशय रूपैयाँ नक्कली नेपाली नोटसहित बिदेह नगरपालिका-६ बस्ने २५ वर्षीया अनुकुमारी साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको जनाएकाे छ ।
प्रहरीले उनको साथबाट सक्कली नगद १० हजार ५ सय नेपाली रूपैयाँ र १ सय ६० भारतीय रूपैयाँ समेत बरामद गरेको छ ।