धनुषामा श्रीमान्–श्रीमती मृत फेला, चार वर्षीय छोरा घाइते

धनुषा, ८ कात्तिक । धनुषामा श्रीमान्–श्रीमती मृत फेला परेका छन्। मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरस्थित माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी यादवको घाँटीमा धारिलो हतियारको चोट देखिएको छ भने उनका श्रीमान् ३५ वर्षीय उमेश यादव घरनजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

प्रहरीका अनुसार रीनाको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। उमेशको शव भने घरभन्दा करिब एक किलोमिटर टाढा फेला परेको हो। उनी मिथिला बिहारी नगरपालिका–४ भरतपुरका बासिन्दा हुन्।

उमेश केही दिनअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए। उनी घटनाको अघिल्लो दिन मात्रै ससुराली पुगेको बताइएको छ।

मृतक दम्पतीका चार वर्षीय छोरा पनि घाइते अवस्थामा फेला परेका छन्। बालकको एउटा तिघ्रामा धारिलो हतियारको चोट देखिएको प्रहरीले जनाएको छ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनाको प्रकृति शंकास्पद देखिएको बताएका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *