सामान्य विवादमा दाजुद्वारा भाइलाई छुरा प्रहार
झापा, ९ कात्तिक । झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा प्रहार गरी घाइते बनाएका छन्। छुरा प्रहारबाट घाँटीमा चोट लागेका भाइको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका–५, सुन्दरबस्तीमा गएराति ३२ वर्षीय कुबराज हस्दाले आफ्नै ३० वर्षीय भाइ बाबुलाल हस्दामाथि छुरा प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक मुन्नाकुमार अधिकारीका अनुसार सामान्य विषयमा दुई दाजुभाइबीच विवाद भएपछि घटना भएको हो।
घटनापछि प्रहरीले घटनास्थलबाट छुरा बरामद गरेको छ। घटनालगत्तै फरार भएका कुबराजलाई प्रहरीले आज नियन्त्रणमा लिएको जनाएको छ।
