सवारी चालक अनुमतिपत्र १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने
काठमाडाैं, १२ बैशाख । सवारी चालक अनुमतिपत्रको नवीकरण अवधि अब १० वर्षकाे बनाइने भएकाे छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको हाे ।
मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि बढाउन लागिएको बताउनुभएकाे छ ।
उहाँले भन्नुभयाे ‘नविकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने भएकोले र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ हाल सवारी लाइसेन्स नवीकरणको अवधि ५ वर्षको रहेको छ ।