एसीसी प्रिमियर कप
सेमिफाइनलमा कुवेत र नेपालकाे खेल आज
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपमा सेमिफाइनलमा पुगेकाे कुवेत र नेपालकाे खेल आज हुँदैछ । खेल बिहानकाे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ।
नेपाल कतारलाई ६८ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हाे भने कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेकाे हो।
नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएकोमा नेपालले दुई र कुवेतले एक जित हात पारेका छन्।
नेपाल समूह ए र कुवेत समूह बी को उपविजेताको रूपमा सेमिफाइनल पुगेका हुन्।