प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता गर्नुभएकाे छ।

दुई नेताबीच सिंहदरबारमा भेटघाट गर्नुभएकाे हाे । भेटघाटमा संवैधानिक परिषदको बैठक, समसामयिक राजनीति लगायतका विषयमा कुराकानी भएकाे जनाइएकाे छ ।