सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना

संखुवासभा, २२ वैशाख । सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटना भएकाे छ ।

सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो अरुण तेस्रोको सामान बोकेर जाँदा संखुवासभाकाे भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखा भन्ने स्थानमा दुर्घटनामा परेको हो।

घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धारको काम भइरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *