बुद्ध जयन्तीमा रक्तदान कार्यक्रम

काठमाडौं, २२ वैशाख । २५६७ औं बुद्ध जयन्तीको उपलक्ष्यमा कामपा २१ वडास्थित लगन टोलमा श्री गणेश युवा क्लबले रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा जम्मा ७४ जना रक्तदाताहरूले रक्तदान गरेका थिए ।

गणेश युवा क्लबले हरेक वर्ष बुद्ध जयन्तीका दिन रक्तदान कार्यक्रम आयोजना गर्ने गर्दछ । क्लबले गत ३६ वर्षदेखि नियमित रक्तदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *