काठमाडाैं महानगरभित्रका अव्यवस्थित तार हटाइदैं
काठमाडौं, २५ वैशाख । काठमाडाैं महानगरभित्रका अव्यवस्थित तार हटाउन सुरू गरिएकाे छ ।
महानगरले माइतीघर मण्डला र न्यूरोड एरियामा अव्यवस्थित तार व्यवस्थापन गर्न सुरू गरेकाे हाे ।
महानगरले नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौं उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि बसेर तार व्यवस्थापन गरिरहेको छ ।
यस्तै तार व्यवस्थापन गर्न दूरसञ्चार प्राधिकरणले १३ वटा रूटसमेत तय गरेको छ।
प्राधिकरणले माइतीघरदेखि विमानस्थलसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म, न्युरोड गेटदेखि वसन्तपुर हुँदै असनसम्म रूट तय गरेको हाे।