धनुषामा टिपर र मोटरसाइकल ठोकिदा चालकको मृत्यु

धनुषा, २५ वैशाख । धनुषाको मिथिला नगरपालिका ४ जगदेव पुलमा आज बिहान टिपरमा मोटरसाइकल ठोकिंदा चालकको मृत्यु भएको छ ।

सिरहाबाट महोत्तरीतर्फ जाँदै गरेको लु १ क १७६८ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश-०२-००६ प ६५२७ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे ठोकिंदा चालककाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै कमला नगरपालिका २ का २२ वर्षीय दिपु यादव रहेका छन् । यादवलाई ढल्केबर अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटना पश्चात फरार रहेका टिपरका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।