कक्षा १२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै
काठमाडौं, २६ वैशाख । कक्षा १२ को परीक्षा आज मंगलबारदेखि देशभर एकैसाथ सुरु हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालय सानाेठिमीका अनुसार १ हजार ४५३ परीक्षा केन्द्रमा बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।
जेठ ५ गतेसम्म हुने परीक्षाका लागि ४ लाख ६७ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् । भने ५६ हजारभन्दा बढी विद्यार्थीले ग्रेड वृद्धिका लागि सहभागी हुने छन् ।
कोभिडको कारण शैक्षिक सत्र २०७७ देखि राष्ट्रिय परिक्षा बोर्डले प्रश्नपत्र प्रकाशन गर्न छाडेको छ । अहिलेपनि बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने र परीक्षा केन्द्रले आफैं प्रिन्ट गरेर वितरण गर्दै आएको छ ।